कक्षा ९ को अनलाईन वार्षिक परीक्षा सम्बन्धमा

यस विद्यालयमा कक्षा ९ (नाै) मा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा पूर्व सुचना अनुसार कक्षा ९ को वार्षिक परीक्षा यहि मिति २०७८ जेष्ठ २३ गते आईतवार देखि प्रत्येक दिन विहान ९ बजे, विद्यालयको मोवाईल एप को प्रयोग गरी दैनिक एक विषयको अनलाईनको माध्यम वाट सञ्चालनहुने हार्दिक जानकारी गराउँदछौँ । उक्त परीक्षा वस्तुगत ५० पूर्णाङ्क र विषयगत ५० पूर्णाङ्ककाे हुने छ । वस्तुगत परीक्षा लाइभ (Online Live) १ घण्टाको हुने छ भने विषयगत परीक्षा अफलाइन (Offline) ३ घण्टाको हुने छ ।

समय : वस्तुगत परीक्षा विहान ९ वजे देखि १० वजे सम्म, विषयगत परीक्षा विहान १०ः३० वजे प्रश्नपत्र मोवाईल एप वाट प्राप्तहुने छ भने विद्यार्थीले दिनको १ः३० वजे भित्र उत्तरहरुको फोटो खिची मोवाइल एपमा बुझाइ सक्नु पर्ने छ ।

दैनिक विषय तालिकाको लागि विद्यालयको मोवाईल एपमा गईहेर्न सक्नुहुने छ ।

विद्यार्थीको अन्तिम मूल्याङ्कन निम्न आधारमा गरिने छ ः

  • प्रथम त्रैमासीक परीक्षा ः २० %
  • दोस्रो त्रैमासीक परीक्षा ः २० %
  • फाइनल अनलाईन विषयगत परीक्षा २० %
  • फाइनल अनलाईन वस्तुगत परीक्षा २० %
  • कक्षा गतिविधि, हाजिरी, गृहकार्य, आदि वाट २० %

उक्त परीक्षाका लागि तयारी अवस्थामा रहिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै अन्य कक्षाको हकमा अर्को सुचना जारी नहुदा सम्मका लागि यथावत रहने जानकारी गराउँदछौँ ।

धन्यवाद

थप जानकारीका लागि

०७९४२००३५

९८५७०६४५२०

९८०२६७८९२१

Leave a Reply