जानकारी सम्बन्धमा

आदरणीय अभिभावक ज्यूनमस्कारयस विद्यालयको वार्षिक परीक्षा सञ्चालन वारे मिति २०७८।०१।१३ गते जानकारी पत्र पठाइएकोमा हालको कोभिड १९ को महामारीका कारण सरकारले अर्को सूचना जारी नहुदा सम्मका लागि विद्यालय र सम्पूर्ण परीक्षा सञ्चालन स्थगित गर्ने निर्णय गरे अनुसार यस विद्यालयका सम्पूर्ण पूर्वनिधारित परीक्षाहरु अर्को सूचना जारी नहँुदा सम्मका लागि स्थगित गरिएको र २०७८ बैशाख १५ गते देखि भौत्तिक रुपमा उपस्थित भई शिक्षण सिकाई कार्य पनि स्थगित गरिएको हार्दिक जानकारी गराउँदछौँ । हामीले निर्धारीत पाठयक्रम र विद्यलयको पाठयक्रम योजना अनुरुप शिक्षण सिकाई गर्नुपर्ने पाठहरु शिक्षण सिकाई गरिसकेका छौँ र परीक्षा केन्द्रित पुनरावृति कक्षाहरु सञ्चालन भईरहेको अवस्थामा भौत्तिक रुपले उपस्थितभई शिक्षण सिकाई गर्न नसक्ने÷ नमिल्ने अवस्था रहेकाले मिति २०७८।०१। १७ गते विहिवार देखि विद्यार्थीहरुको सिकाई कृयाकलापलाई निरन्तरता दिनका लागि विद्यालयको मोबाईल एप मार्फत अनलाईन कक्षा तथा पुनरावृति, Revision , परीक्षा तयारी कक्षा, गृहकार्य भने सञ्चालन हुने अवगत गराउँदछौँ । यसका लागि निम्न अनुरोध गर्दछौँ ः१) आफ्नो मोबाईलको Play store मा गई Bhanu secondary english boarding school एप Install गर्नुहुन२) विद्यालयको Youtube Channel (Bsebs) मा गएर वा website: www.bhanuboardingschool.edu.np मा Gallery भित्र Video Gallery मा online Class and Homewok भन्ने भिडियो हेरी कक्षामा सामेलहुने प्रकृया वारे जानकारी लिनुहुन । (भिडियो मिति २०७८।०१।१५ गते साँझ पोष्ट हुने छ ) YoutubeLink: https://www.youtube.com/channel/UCKHJBLJnDKkY-ms5hmjIFnw…३) विद्यालयको Facebook Page, Mobile App, website र १६१८०७९४२००३५ नम्बर डायल गरि नोटिस बोर्ड मा राखिने सूचनाहरु सँग अध्यावधिक हुनुहुन ।अन्तमा कारोना महामारी वाट बच्न र बचाउन यहाँहरुले अनिवार्य माक्स, स्यानिटाइजर लगाउने, समय समयमा साबुन पानिले हात धुने, भिडभाडमा नजाने जस्ता साबधानीका उपायहरु अबलम्बन गर्नुहुने छ भन्ने विश्वास राख्दै अनुरोध गर्दछौँ ।पुनश्च ः विद्यालय प्रशासन तथा लेखा शाखा भने खुल्ला रहने छ ।सम्पर्क नम्बरः ९८५७०६४५२०, ९८०२६७८९२१, ९८४७३६६८०३मोवाईल एप सहयोगका लागि ः९८६७०३६०६७, ९८०२६७८९२१लेखा शाखा ः ९८६७५८४२८७धन्यवाद